मंसिर २७, काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ।