प्रिमियर लिग फुटबलमा उपाधि दावेदार चेल्सी पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर २८, आईतबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौं । प्रिमियर लिग फुटबलमा उपाधि दावेदार चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा एभर्टन चेल्सीसँग पाराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेकोे हो ।

एभर्टनलाई जित दिलाउन सिगुरोसनले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा सिगुरोसनले गरेको गोल नै एभर्टनका लागि जित निकाल्न पर्याप्त बन्यो । चेल्सीले एभर्टनविरुद्ध आक्रमक खेल प्रस्तुत गरेपनि गोल भने गर्न सकेन । पराजित हुँदा चेल्सीले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । लिगमा १२ खेल खेलेको चेल्सी २२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । जित निकालेको एभर्टन २० अंकका सथा तालिकाको सातौं स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस