ट्वान्टी ट्वान्टी विश्वकप ग्लोबल छनोट : सन् २०२२ को फेब्रुअरी र मे मा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर ३०, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर ३०, काठमाण्डौ । (ट्वान्टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट सन् २०२२ को फेब्रुअरी र मे मा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले ग्लोबल छनोट खेल दुई समूहमा गर्ने भएको छ । त्यसमा क्वालिफायर्स ‘ए’ २०२२ को फेब्रुअरीमा हुनेछ । तर कुन देशमा हुने भन्ने टुङ्गो लागेको छैन । यस्तै क्वालिफायर्स ‘बी’ २०२२ को मे महिनामा हुनेछ । नेपालले सोझै ग्लोबल छनोट खेल्नेछ ।

विश्वकपका लागि ट्वान्टी ट्वान्टी वरीयताका आधारमा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो । नेपालसँगै जिम्बावे, यूएई, सिंगापुरले पनि ग्लोबल छनोट खेल्नेछन् । प्रतियोगितामा रिजनल छनोटबाट आएका र सन् २०२१ को विश्वकपमा समूह चरणमा रहेको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस