पुस २, काठमाडौं । नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एक दिवसीय सिरिज खेल्ने भएको हो । कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुनः सार्वजनिक गरेको छ ।
तालिकाअनुसार नेपालले मार्च १९ देखि २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने छ । यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पीएनजी र युएईलाई आतिथ्यता गर्नेछ । यसअघि नेपालले सन् २०२१ जुलाईमा स्कटल्यान्डमा नामिबियासँग सिरिज खेल्ने छ । सन् २०२२ को जुलाईमा नेपाल अमेरिकाको भ्रमणमा निस्कने छ ।