भारतको बिजोग : टेस्ट इतिहासकै न्यून स्कोरमा समेटियो भारत, ३६ रनमा अलआउट !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष ४, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाण्डौ । अस्ट्रेलिया र भारतबीचको पहिलो दिवा–रात्री टेस्टको तेस्रो दिन भारतीय क्रिकेट टोली मात्र ९० मिनेटमा अलआउट भएको छ । आफ्नो दोस्रो पारीमा भारतीय टीमले ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । अन्तिममा मोहम्मद शमी घाइते बनेर रिटायर हर्ट बने । टेस्ट इतिहासमा भारतीय टीमले बनाएको यो सबैभन्दा कम स्कोर हो ।

यसअघि भारतीय टोलीले ४६ वर्षअघि सबैभन्दा कम ४२ रन बनाएको थियो । सन् १९७४ मा भारतले इंग्ल्याण्डविरुद्ध सो स्कोर बनाएको थियो । तेस्रो दिन एक विकेटको क्षतिमा ९ रनको स्थितिबाट आफ्नो पारी सुरु गरेको भारतले १० रन जोडेर थप ५ विकेट गुमाएका थियो । भारतीय पारी ध्वस्त बनाउन जोश हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए । कुनै पनि भारतीय ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस