पुस ५, काठमाण्डौ । ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको छ । भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै २९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए पनि मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।
५३औँ मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ६९औँ मिनेटमा भ्यालेन्सियाका लागि म्याक्सी गोमेजले गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२औँ स्थानमा छ ।