प्रिमियर लिगमा लेस्टरसिटीसँग टोटेनहम हट्सपर पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस ६, काठमाण्डौ । ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।आइतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरले २–० को जित निकालेको हो ।

पहिलो हाफको ईन्ज्युरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए । खेलको ६०औँ मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाति गोल गरेका थिए । जितसहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहम २५ अंकसहित चौथो स्थानमा छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस