इङलिश प्रिमियर लिग : क्रिस्टल प्यालेससँग लेस्टर सिटी बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष १४, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस १४, काठमाण्डौ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।गएराती सम्पन्न खेलमा लेस्टर सिटी र क्रिस्टल प्यालेसबीचको खेल १,१ गोलको बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसका लागि विलफ्रिएड जाहाले खेलको ५८औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै लेस्टर सिटीका लागि ८३औ मिनेटमा हार्भी बार्नेजले जवाफी गोल गर्दै खेल बराबरी गरेका थिए । यो बराबरीपछि लेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १६ खेलमा २९ अंक भएको छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ३ अंकले पछाडी रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औ स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस