इएफएल कारबाओ कप : म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष २३, बिहिबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

पुस २३, काठमाण्डौ । इएफएल कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीले जित निकालेको छ । गएरातिको सेमिफाइनल खेलमा युनाइटेडलाई २-० गोलअन्तरले हराउँदै सिटी फाइनल प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले खेलको ५० औं मिनेटमा अग्रता बनाएको थियो ।

सिटीलाई अग्रता जोन स्टोनेसले दिलाएका थिए भने फेरनान्डिन्होले ८३ औं मिनेटमा सिटीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । जितसँगै सिटी फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले टोटेनहम हट्सपरको सामना गर्नेछ । फाइनलमा जितेको खण्डमा सिटीले लगातार चौथो वर्ष इएफएल कारबाओ कपको उपाधि जित्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस