माघ ३, दाङ । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सरकारको आलोचना गरेका छन् । प्रेस संगठन दाङले शानिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले सरकारको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा सहनशीलता नभएको आरोप लगाए ।
उनले प्रधानमन्त्री ओलीको दृष्टिकोण समाजबाद भएपनि व्यवहारमा त्यस्तो नभएको बताए । अहिले जारी आन्दोलनका कार्यक्रम लक्षित गर्दै उनले अन्य दलसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी रहेको बताए । यसका लागि अन्य राजनीतिक दलहरुसंग छलफल चलिरहेको समेत उनले जानकारी दिए ।