सुरेन्द्र पाण्डेको आक्रोश : संविधान मिचेर संसद बिघटन गर्ने ? ओलीको राजनीति अन्त्य भो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ४, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ४, विराटनगर । प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली अन्त्य भएको बताएका छन् । विराटनगरमा नगरस्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्दैै पाण्डेले अब ओलीको अन्तिम दिन आएको बताए ।

उनले संविधानमा नभएको धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गराउनु नै उनको अन्त्यको शुरुवात भएको र अब अदालतको आदेश पछि उनी सकिने पनि उनको दाबी छ । अदालतको सही निर्णयको लागि दबाब सिर्जना गर्न पार्टीको केन्द्रीय कार्यक्रमको रुपमा माघ ९ गते काठमाडौंमा १ लाख मानिस उतारेर प्रदर्शन गर्ने उनले बताए । प्रदेशस्तरीय कार्यक्रम माघ १६ गते प्रत्येक प्रदेशमा ५० हजार मानिस उतार्ने उनको दाबी छ । पाण्डेले ओलीको अन्तिम अस्त्र सकिएको र अन्त्यको बाटो आफैँले रोजेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस