मनहरी गाउँपालिका उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ७, बुधबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ७, हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजिनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले विष्टको राजीनामा पत्रमा मिति उल्लेख नभएको वा कुन मितिदेखि राजीनामा लागु हुने भन्ने उल्लेख नगरिएको जनाउँदै मुद्दाको टुङ्गो नलागेसम्म उपाध्यक्ष पदको पदपूर्तिको प्रक्रिया अघि नबढाउन समेत मनहरी गाउँपालिका कार्यालयलाई आदेश दिएको छ । इजलासले ‘निवेदिकाको मागउपर प्रस्तुत मुद्दाको न्यायिक निरोपण हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत् विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस