माघ ७, काठमाडौ । समाजबादी दलका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संयुक्त संघर्षका निम्ति ढिला नगर्न आग्रह गर्र्दै ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रधान भएको टिप्पणी गरेका छन् ।
डा। भट्टराईले आफ्नो सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गर्दै सौताका रिसले पोइका काखमा मुत भने झैं नगरौं भनेका छन् । गत महिना पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि कडा टिप्पणी गर्दै उनको कदमको घोर भत्र्सना गर्दै आएका छन् ।