माघ ७, काठमाडौ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमती प्रदेश सभा बैठक आज बस्न लागेको छ । प्रदेश १ मा भने कांग्रेसले अविश्वास प्रस्तावका पक्षमा उभिने भएको छ । प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज सुरु हुन लागेको हो । प्रदेश १ को बैठक दिउसो २ बजे र बागमती प्रदेशको बैठक अपारह्न ३ बजे बस्न लागेको छ ।
नेकपाकै सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएपछि प्रचण्ड नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।