माघ ८,काठमाडौँ । प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटाइएको छ । प्रेस संगठन (ओली समूह) को आज भएको दोस्रो राष्ट्रिय भेलाले उनलाई हटाएर त्यो ठाउँमा गणेश वस्नेतलाई राखेको छ ।
वस्नेत प्रेस संगठनका सहसंयोजक थिए ।प्रेस संगठन (प्रचण्ड–माधव समूह) को मंगलबार दोस्रो राष्ट्रिय भेला थियो ।
त्यो भेलाको अध्यक्षता महेश्वर दाहालले गरेका थिए भने आज ओली समूहको प्रेस संगठनको भेलालाई वस्नेतले अध्यक्षता गरेका थिए ।