अध्यक्ष नेपालको गर्जन: ‘ओलीसँग झुक्ने काम गर्ने छैनौं,आजको प्रदर्शनले जनआन्दोलनको झझल्को दियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ९, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ९,काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताए । अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए । आफू भर्खर सुर्खेतबाट आएको भन्दै अध्यक्ष नेपालले भने, ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुनस्स्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन ।’

तर त्यस्तो जवाफ नआएको भन्दै उनले भने, ‘फेरि केपी ओलीसँग झुक्ने काम गर्ने छैनौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस