ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ११, आईतबार (४ साल अघि)
  • ४७ पटक पढिएको
Post Thumbnail

माघ ११ काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको अवस्थामा रिट निवेदकको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट अदालतको मानहानी भएको रिट निवेदकको दावी छ ।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा हालेका हुन्। ‘सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भनेर निन्दायुक्त शब्द प्रयोग गरेको रिट निवेदकको भनाइ छ ।

अदालत र कानुन व्यवसायीलाई हास्यको पात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा ९४० बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ, रिट निवेदनमा भनिएको छ ।‘प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारवाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु ।’

ताजा अपडेट

खोजी गर्नुहोस