निर्वाचन घोषणापत्र कस्तो बनाउने ? सुझाव दिन पार्टी पङ्तिलाई नेकपाको निर्देशन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ११, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ११, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनका लागि तयार गरिने पार्टी चुनावी घोषणापत्रमा समेटिनुपर्ने विषयमा सुझाव दिन पार्टी पङ्तिलाई परिपत्रसहितको निर्देशन गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरमा सो परिपत्र गरिएको हो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले पनि निर्वाचनको सबै तयारी गरिरहेको अवस्थामा नेकपाले फागुन मसान्तभित्र सुझाव माथिल्लो निकायमा पेश गर्न पार्टी पङ्तिलाई निर्देशन गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस