प्रधानमन्त्री ओली राप्ती पुल उदघाटन गर्न दाङ जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस