‘नेकपा विभाजन भएको छैन :’ गृहमन्त्री थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा ‘बादलले नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन नभएको बताएका छन् । उनले पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, बाहिरी हस्तक्षेपसमेत बढ्दै गएको टिप्पणी गरे । ‘नेकपाभित्रकै केही तत्वले गर्दा प्रतिनिधिसभा विघटन भयो,’ उनले भने, ‘हाम्रै केही साथीलाई पद चाहिएको थियो ।’ उनले निर्वाचन आयोगले नेकपाको वैधतासम्बन्धमा गरेको निर्णयलाई लिएर अदालत जान सकिने संकेत पनि गरे । उनले भने, ‘अदालतको विश्वास छ, हाम्रो पक्षमा फैसला आउन सक्छ ।’ सोमबार कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस