अदालतको अवहेलना मुद्दा: चार पूर्वप्रधानन्यायाधीशले बुझाए सर्वोच्चमा लिखित जबाफ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ३, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन ३ काठमाण्डौ ।अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश आज सर्वोच्च अदालतमा लिखित जबाफसहित उपस्थित भएका छन् ।

अदालतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।

अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो । चार पूर्वप्रधानन्यायाधीश लिखित जबाफ बोकेर अदालत पुगेका हुन् । पूर्वप्रधान्यायाधीश श्रेष्ठले म्याद बुझ्नुका साथै लिखित जबाफ पनि अदालतलाई बुझाएको बताए । उनीहरुको लिखित जबाफमा आफूहरुको अदालतको अबहेलना गर्ने कुनै मनशाय नरहेको आशय रहो बताइएको छ ।

चार पूर्व प्रधानन्यायाधीशले केही अघि संयुक्त विज्ञप्ति जारी गरेका थिए । संयुक्त विज्ञप्तिले न्यायापालिकाको गरिमा घटाउने र प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने रिट निवेदकको जिकिर छ ।

रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई निर्देशन दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस