प्रहरी भागरथीका हत्याराको नजिक पुगिसकेको गृहमन्त्रीको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ४, मंगलबार (४ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

फागुण ४, काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको बताएका छन् । मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा गृह मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले यस्तो बताएका हुन । उनले घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको बताउँदै निर्मला प्रकरणबाट पाठ सिकेर प्रहरी व्यावसायिक रूपमा अनुसन्धानमा जुटेको बताए । महिला हिंसा रोक्न सरकार गम्भीर रहेको गृहमन्त्रीको भनाइ छ । हिंसा, बलात्कारका घटना हुन नदिन र घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस