फागुण २२, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओली समूहका सांसदको बैठक बालुवाटारमा बस्ने छ । शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ ।
दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ ।