प्रधानमन्त्री हुने कुनै चाहना नभएको देउवाको भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २२, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण २२, काठमाण्डौ । नेपाली का‌ंग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने कुनै चाहना नरहेको बताएका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको शनिबार बिहान आफ्नै निवासमा विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नहरेको बताएका हुन् । सभापति देउवाले प्रमुख प्रतिपक्षी भनेको ‘वेइटिङ प्राइममिनिस्टर’ भएको बताए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका दुवै समूहले सभापति देउवालई प्रधानमन्त्री बनिदिनआग्रह गरेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस