फागुन २३,काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँगको परामर्श गरेका छन् । आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच छलफल भएको थियो ।
त्यसलगत्तै नेताहरु सभामुख सापकोटासँग परामर्शका लागि उनको कार्यकक्षमा पुगेका थिए । सभामुखसँग करिब २० मिनेट छलफल पछि प्रचण्ड र नेपाल बाहिरिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव पक्ष त्यसबारे अझै अनिर्णित बनेको अवस्थामा उनीहरु सभामुखसँग परामर्शमा जुटेका हुन् ।