फागुन २३,काठमाडौँ । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् ।
दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।
आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’