प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २४, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण २४, काठमाण्डौ । आज विहान ११ बजेका लागि तय भएको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउसो ३ बजे हुनेगरि सरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको बैठक सरेको हो । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । समूहले फैसलापछिको अवस्थाबारे आइतबार कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस