फागुण २४, काठमाडौ । जनता समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो एक बजे संसदीय दलको बैठक आव्हान गरिएको हो ।
प्रतिनिधि सभा पुन स्थापनापश्चात आइतबारबाट सुरु भएको संसद् बुधबारका लागि बोलाइएको छ । आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जसपा स्रोतले जनाएको छ ।