फागुण २६, काठमाण्डौ । पुनर्स्थापनापछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।
यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो । त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए । जसका कारण सभामुख अग्नि सापकोटाले बैठक मंगलबार फागुन २५ सम्मका लागि स्थगन गरेका थिए भने अर्को बैठक आज फागुन २६ का लागि तोकेका थिए ।