नेकपा एमालेले सातै प्रदेशमा इन्‍चार्ज तोक्यो, कुन प्रदेशमा को छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २८, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण २८, काठमाण्डौ । नेकपा एमालेले सातै प्रदेशमा इन्‍चार्ज तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो ।

प्रदेश १ को इन्‍चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्‍मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस