गृहमन्त्री सहितका मन्त्रीलाई माओवादी केन्द्रले बोलायो फिर्ता, २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २९, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २९ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

पेरिसडाँडामा बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाए । एमालेको ओलीतिर लागेका सबै प्रदेश तथा सङ्घीय सांसदहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको पनि माओवादीका एक नेताले बताएका छन् ।

यस्तै बैठकले भोलि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पर्सि २ गतेका लागि बोलाइएको राष्ट्रियभेला भने अर्को सूचना नआउन्जेल सम्मका लागि स्थगित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस