जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताएका छन् । सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन् ।
उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता गर्दैन । ३। यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो ।’