सूचना जारी गर्दै प्रदेश सभा १ को बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र १ काठमाडौं । सूचना जारी गर्दै प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भइसकेको छ र अबको बैठकमा छलफल गर्नुपर्नेछ । तर फागुन ९ गते नै पेश भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल नै भएको छैन ।

फागुन ९ गते अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । चैत २ गतेको बैठक पनि एक दिनअघि सूचना टाँसेर स्थगित गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस