चैत्र १, काठमाण्डौ । ६८ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङन र कार्यक्षमताको आधारमा उपसचिव बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिको सचिवालयका अनुसार राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४४, लेखा समूहमा ८, राजश्व समूहमा ७, नेपाल लेखा परिक्षण सेवामा ५, पुरातत्व, तथ्यांक समूह र नेपाल विधि सेवामा एक–एक गरी ६८ जना उपसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।