माओवादीको केन्द्रीय समिति बैठक आजपनि बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दैछ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेपछि बस्नेछ । आजको बैठकमा कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको बैठकका कार्यसूची अनुसार पहिलो दिन प्रदेश र केन्द्रीय कार्यलयका तर्फबाट नेताहरुले रिर्पोटिङ गरेका थिए ।

वर्तमान राजनीतिक अवस्था, पार्टी संगठन, कार्यकर्ता भेला, सरकारलाई दिएको समर्थन फिर्ता, पार्टीको नाम परिवर्तन लगायतका विषयमा बैठकले ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस