राष्ट्रपतिले आज कोरोनाविरुद्धको खोप लगाउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन् ।

राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाएका थिए । नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप दिने सरकारको योजना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस