ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ३, मंगलबार (४ साल अघि)
  • ५३ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’

माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए ।

पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस