चैत्र ४, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकतावद्ध बनाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको बताएका छन् ।
बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई फुट र विसर्जनमा जान नदिनका लागि भेलाको आयोजना गरिएको बताएका हुन् ।