चैत्र ४,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको छ’, भट्टराईले भने, ‘बाँकी निर्णय बैठकले नै गर्छ ।’