‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन’ : नेता यादव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ६, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र ६,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन, रेशम चौधरीको रिहाईको मुद्दा उठाउँदा सरकारमा आउनुस् भनेर आग्रह गर्ने गरिएको बताए । उनले अघि भने, ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । सर्तका रुपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’

चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार गर्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस