केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज नेपाल समूहले बहिष्कार गर्ने, गौतम भने जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ७, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज शनिबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।

नेकपा केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले शनिबार संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शनिबारको बैठकसमेत बहिष्कार गर्ने भएका छन् ।

शुक्रबार राति बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस