नेपाल र बंगलादेशबीच चार समझदारी पत्रमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १०, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेको बेला नेपाल र बंगलादेशबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच पर्यटन, स्वच्छता, सांस्कृतिक आदानप्रदान र रेलवे सञ्जालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बंगलादेशी राष्ट्रपति महमद अब्दुल हमिद र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको ढाका ट्रिब्युनले जनाएको छ । सोमबार बेलुका ढाकास्थित क्रेडेन्सियल हल अफ बंगभवनमा दुई देशका अधिकारीबीचको द्विपक्षीय छलफलपपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पर्यटनसम्बन्धी समझदारीपत्रमा बंगलादेशको तर्फबाट हवाइ उड्डयन तथा पर्यटन सचिव महमद मोकमेल हुसेन तथा नेपालका तर्फबाट पर्यटन सचिवव यादव प्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । त्यस्तै सानिटरी र फाइटोसानिटर एसपीएस सहकार्यमा भने बंगलादेशका कृषि मन्त्रालयका वरिष्ठ सचिव महमद मेस्बल इस्लाम र नेपालका उद्योग सचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका थिए । त्यस्तै सन् २०२२÷२०२५ को लागि सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्ने समझदारीपत्रमा बंगलादेशका संस्कृति मन्त्रालयका सचिव बदरुल अरेफिन र नेपालका संस्कृति पर्यटन सचिव यादव कोइरालाले हस्ताक्षर गरेका थिए । त्यस्तै रेलवेसम्बन्धी नेपाल–बंगलादेश ट्रान्जिट एग्रिमेन्टमा बंगलादेशको वाणिज्य सचिव डा। महमद जाफर उद्दिन र नेपालका उद्योग सचिव दिनेश भट्टराईले रोहनपुर–साइबाद रेलवे रुट सुधारका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा हस्ताक्षर समारोहमा बंगलादेशका विदेशमन्त्री डा। अक अब्दुल मोमेन र स्वास्थ्यमन्त्री जाहिद मालिक तथा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति भण्डारीकी पुत्री उषाकिरण भण्डारी उपस्थित थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस