सर्वोच्चले गरेको फैसलाविरुद्ध माओवादी केन्द्रले पुनरावलोकनमा जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १०, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १०,काठमाडौँ । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको छ । कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो । मङ्गलबार स्थायी समिति बैठकअघि माओवादीले कानुन व्यवसायीहरूसँग छलफल गरेको थियो ।

छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भएको र मागदाबी नै नगरिएको विषयमा फैसला आएकोले ६० दिनभित्र पुनरावलोकनमा जान सुझाव दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस