अनेरास्ववियुमा पनि समानान्तर कमिटी: अध्यक्षमा पराजुली,महासचिवमा लामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ११, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अनेरास्ववियुमा पनि माधव नेपाल समुहले समानान्तर कमिटी बनाएको छ । अनेरास्ववियुको राष्ट्रिय भेलावाट अध्यक्षमा सुदेश पराजुली , सह अध्यक्षमा ओसिम आलम , महासचिवमा आरती लामा सहित पदाधिकारी र केन्द्रीय कमिटीको टुङ्गो लगाइएको हो ।

मंगलबार राजधानीमा राष्ट्रिय भेला गरेर अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरिएको हो । यसैगरी नयाँ कार्यसमितीको उपाध्यक्षमा सुदिप शर्मा, माधव पन्त, हिरेन्द्र शाही,यदु लामा, लोकेश निरौला,केशरी रेग्मी,कल्पना थापा,युवराज कुवँर चयन भएका छन् । अखिलमा ५ सय १ जनाको केन्द्रिय कमिटी बनाइएको छ ।

एमाले अध्यक्ष ओलीले एकलौटी गरेर पार्टी कब्जा गर्न खाजेको माधव समुहको आरोप छ । उनले सबैलाई बाइपास गरेर अघि बढेपछि यो कठोर कदम चाल्न बाध्य भएको नेपाल समुहको भनाई छ । राष्ट्रिय भेलाले देशभरी नै नयाँ कमिटी बनाउने र शैक्षिक मुद्धामा केन्द्रित हुने निर्णय गरिएको महासचिव आराती लामाले अनलाइन केन्द्रलाई जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस