प्रदेश २: माओवादी केन्द्रका ४ प्रदेशसभा सदस्य निष्काशित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ३०, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ३० जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रले आफ्ना चार प्रदेशसभा सदस्यलाई निष्काशन गरेको छ ।

नेकपा एमालेमा लागेका प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारवाहीस्वरुप निष्काशन गरेको हो । उनीहरुमाथि कारवाही गरिएको पत्र माओवादी केन्द्रले प्रदेशसभामा बुझाइ सकेको छ ।

कारवाही गर्नु अघि उनीहरुसँग पार्टीले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरणको जवाफ नदिएका कारण उनीहरुलाई निष्काशन गर्न प्रदेशसभा सचिवालयमा प्रक्रिया अघि बढाइएको संसदीय दलका नेता भरत साहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस