तत्काल कुनैपनी क्षेत्र बन्द नगर्ने मन्त्रिपरिषदको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ३१, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत ३१, काठमाडौ । सरकारले कोरोना संक्रमणको परिस्थिति हेरेर मात्र लकडाउन र शैक्षिक संस्था बन्दको निर्णय लिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको ठहर गर्दै स्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने र परिस्थिति हेरेर मात्र निर्णय लिने निश्कर्ष निकालेको हो ।

बैठकले शनिबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल गरेको थियो । तर, बैठकले तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्ष निकाल्न नसकेको स्रोतले बताएको छ । सीसीएमसीले कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो । सीसीएमसीको सो प्रस्ताव लगत्तै सरकारले सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको थियो ।

प्याब्सन लगायतका संघ संगठनहरुले भने जनस्वास्थ्यका मापदण्डलाई जारी गरेर विद्यालय खोल्नुपर्नेमा जोड दिँदै आएका छन् । सोमबार मात्रै मुलुकमा ५०० भन्दा बढी संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस