माओवादी केन्द्रका प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ४, शनिबार (४ साल अघि)
  • ४८ पटक पढिएको
Post Thumbnail

वैशाख ४ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो ।

स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ ।

नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ भने शुक्रबार कर्णालीमा ४ सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत लिएपछि राजनीति थप तरंगित बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस