कांग्रेस केन्द्रीय समितिको बैठक २ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ५ काठमाडौं । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस