माधव नेपाल समुहको धादिङमा पनि समानान्तर कमिटी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख ५,धादिङ । माधव नेपाल समुहले धादिङमा पनि समानान्तर कमिटी घोषणा गरेको छ । शनिबार धादिङबेशीमा आयोजित भेलाले शिवराज कडेलको अध्यक्षतामा १ सय ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । भेलाले पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा नारायण कार्की, सचिवमा सुवास खतिवडा, उपसचिवमा जीवन तामाङ रहेका छन् । भेलामा एमाले केन्द्रीय उपमहासचिब घनश्याम भुसाल, पोलिटब्युरो सदस्यद्धय, राजेन्द्रप्रसाद पाण्डे र अरुण नेपाल उपस्थित थिए ।

यसैगरी भेलाले जनवर्गीय संगठन तर्फ युवासंघ धादिङको अध्यक्षमा प्रदीप फ्युवा चयन भएका छन् । सो कमिटीमा २ स ९३ सदस्य छन् । उपाध्यक्षमा समीर गुरुङ, सचिवमा प्रदीप श्रेष्ठ, उपसचिव हस्तबहादुर तामाङ, कोषाध्यक्ष बिनोद ढुंगाना रहेका छन् । यस्तै अखिल नेपाल महिला संघ (अनेमसंघ) धादिङ सीता ढुंगानाको अध्यक्षतामा १ सय ६१ सदस्यीय कमिटी बनाएको छ । जसको उपाध्यक्ष भवानी सापकोटा र सबिता तामाङ, सचिवमा भगवती तिवारी, उपसचिवमा कृष्ण कुमारी श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् ।

माधव नेपाल समुहले देशभर आफ्नो समानान्तर कमिटी बनाउदै आएको छ । पार्टीमो अध्यक्ष केपी ओलीको स्वच्छाचारिता बढ्दै गएकोले पार्टी शुद्धीकरणमा आचफुहरु लागेको नेपाल समुहले दावी गर्दै आएको छ । सो समुहले पार्टी कमिटीको अलवा जनवर्गिय संगठनमा समेत समानान्तर कमिटी बनाइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस