लुम्बिनीमा माओवादी केन्द्रका कानूनमन्त्री र सामाजिक विकासमन्त्रीले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस